सोमबार, असोज १५, २०८०

एनसेलको सस्तो मोबाइल डेटा : नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

मेरोन्यूज २०७८ चैत २ गते १६:३८

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डेटा प्याक ल्याएको छ । साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकमा भोल्युम बढाएको छ ।

ग्राहकले अब करसहित मात्र १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १९९ रुपैयाँमा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकमा डेटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकले पहिलेकै मूल्यमा थप भोल्युमसहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् ।

भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले १६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कूल ७ जीबी पाइरहेका थिए ।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म पाइरहेका थिए ।

त्यसैगरी एनसेलका ग्राहकले अब मात्र ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जसअन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् । यी नयाँ तथा परिमार्जित प्याक आज (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् ।

प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत यी प्याक खरिद गर्न सक्छन् ।

दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याक र थप गरिएका डेटा भोल्युमले ग्राहकलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साट्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया