तीन महिनापछि बल्ल भारतले पठायो शंकर शर्माको एग्रिमो
मेरोन्यूज
२०७८ चैत २ गते १४:३१

काठमाडौं । नेपालले भारतका लागि राजदूत सिफारिस गरेको शंकर शर्माको नाममा तीन महिनापछि वल्ल भारतले सहमति जनाएको छ। भारतले हिजो मंगलबारको मितिमा सहमति जनाउँदै (एग्रिमो) पठाएको छ ।
सरकारले गत कात्तिक ११ मा शर्मालाई भारतका लागि राजदुत बनाउने निर्णय गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ ९डिसेम्बर १०० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो ।
तर शर्माको नाममा भारतले अहिलेसम्म एग्रिमो दिएको थिएन । सागै राजदुत सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसक्दा पनि भारतले एग्रिमो पठाउन ढिलो गरेपछि नियुक्ति प्रक्रिया लम्बिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया