सोमबार, असोज १५, २०८०

विश्वकप लिग-२,पीएनजीले टस जित्यो, नेपाल बलिङमा

मेरोन्यूज २०७८ चैत २ गते ११:५९
फाइल तस्बिर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।
नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।
नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ ।

लिग(२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

प्रतिक्रिया