वडा समितिलाई कांग्रेसको निर्देशन :
हरेक सदस्य ५० मतदाताको सम्पर्कमा बस्नेदेखि नयाँको विवरण तयार गर्नेसम्म

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन गरेको छ । स्थानीय निवार्चनको मिति नजिकिँदै गर्दा केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् पत्राचार गर्दै नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन सकुलर गरेको हो ।
एक टोल कार्यसमितिका सदस्यले कम्तीमा १० घर अर्थात ५० मतदातासँग नियमित सम्पर्कमा बस्ने, तिनीहरुलाई नियमित भेटघाट गर्ने, दुःख , सुखमा कुरा सुन्ने लगायतको जिम्मेवारी दिएको नाम नखुलाउँने शर्तमा एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ति केन्द्रीय सदस्यका अनुसार वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व गराउन भनिएकाे छ। भने नयाँ मतदाताको विवरण तयार गर्न तथा घरदैलोमा पुगेर गुनासा र समस्याहरू सुन्न भनिएकाे उनले जानकारी दिए ।
यता,पार्टी विधान अनुसार कांग्रेसका सबै तहमा सभापतिले निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गर्नुपर्ने व्यवस्था छ । तर केन्द्रीय सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा कोषाध्यक्ष मनोनीत अहिलेसम्म गर्न सकेका छैनन् ।
तर, केन्द्रीय कार्यालयले तल्ला तहका कार्यसमितिलाई भने यथाशिघ्र कोषाध्यक्ष मनोनयन गरी चैत्र ११ भित्र त्यसको विवरण अद्यावधिक गर्न सोही सर्कुलरमा भनिएको छ ।
त्यसैगरी, निवार्चन आयोगले बैशाख ३० मा स्थानिय तहको निवार्चन मिति तोकेको छ । कांग्रेसले आफ्ना मतदाता फकाउँन फागुन २९ गतेबाट नै घरघर जाऔं कांग्रेस जिताऔं अभियान सञ्चालन गरी रहेको छ । भने अन्य पार्टी नेकपा एमाले ,नेकपा माओवादी , जनता समाजबादी पार्टी (जसपा) , नेकपा समाजबादी पार्टी आदिहरु स्थानिय तहको निवार्चनमा पहिलाको स्थान सुरक्षित राख्दै नयाँ स्थानमा कब्जा जमाउँन नेता कार्यकता मतदाता फकाउँन गाउँ गाउँ जाने क्रम जारी छ ।
प्रतिक्रिया