आइतबार, जेठ ६, २०८१

युक्रेन राजधानी किभमा ३५ घन्टाका लागि कर्फ्यु घोषणा

मेरोन्यूज २०७८ चैत २ गते ७:२७

Advertisement

किभ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । त्यहाँको राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् । रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

प्रतिक्रिया