सोमबार, असोज १५, २०८०

एमालेले बनायो उम्मेदवार छनोट विधि :

महानगर र उपमहानगरको मेयर, उपमेयर उम्मेदवार एमालेको केन्द्रले तय गर्ने

मेरोन्यूज २०७८ चैत २ गते ७:०५

काठमाडौँ । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको, मेयर र उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको महानगरपालिका र उपमहानगरपालिकाको मेयर तथा उपमेयर केन्द्रले छनोट गर्ने निर्धारण विधि   तय गर्ने भएकाे हो ।

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज, विराटनगर महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् ।
पार्टीका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रदेश कमिटीको सिफारिसमा महानगरपालिका रउपमहानगरपालिकाका, मेयर र उपमेयरको उम्मेदवार केन्द्रले छनोट गर्ने बताए ।

उनले महानगरपालिकाका वडाध्यक्ष र सदस्यहरुको बारेमा निर्णय प्रदेश कमिटीले गर्ने समेत जानकारी दिए । नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ ।

देशभर २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् । वडाध्यक्षको उम्मेदवारहरुको जिल्ला कमिटीले निण्र्र गर्ने समेत बताइएको छ ।

त्यसैगरी,एमाले स्थानीय तह निर्वाचनका लागि केन्द्रले नै घोषणापत्र तयार पार्ने भएको छ । चैत ७ मा पोलिटब्युरो र १३ गते स्थायी कमिटी बैठक बोलाउने मंगलबारको सचिवालय बैठकले निर्णय गरेको छ । उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने मंगलबारको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया