सोमबार, असोज १५, २०८०

चैत ९ र १० गतेका लागि बोलायो एमालेले केन्द्रीय कमिटि बैठक

स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित, चुनावी घोषणापत्र बैशाख ९ मा सार्वजनिक गरिने

मेरोन्यूज २०७८ चैत १ गते १९:३१

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।

मंगलबार साँझ बसेको एमालेको केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको बैठकपछि एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस सम्वन्धित वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले निर्णयका आधारमा टिकटको ब्यवस्थापन गर्ने मापदण्ड तय गरेको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका लागि जिल्ला र प्रदेशले सिफारिस गर्ने र निर्णय केन्द्रले गर्ने निर्णय एमालेको केन्द्य्रीय सचिवालय बैठकले गरेको छ ।

तर सिफारिस गर्दा के के मापदण्डका आधारमा गर्ने भन्ने अव ७ गते बस्ने पोलिटब्यूरो र त्यसलगत्तै ९ र १० बस्ने केन्द्रीय समिति बैठकले लगाउने छ । त्यस्तै चैत १३ गते स्थायी कमिटि बैठक पनि बोलाएको छ ।

सचिवालयको बैठकमा स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर छलफल भएको र अब केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देशन गर्ने गुरुङको भनाई छ ।

चुनावी घोषणा पत्रका लागि वुद्धिजिवी संगठनको आयोजनामा भोलि नै हुने कार्यक्रममा नीति तथा प्रतिष्ठान विभागले मस्यौदाका विषयमा केन्द्रीत रहेर छलफल गर्ने पनि उनले बताए । त्यसलाई केन्द्रीय समितिले पारित गरेपछि त्यो सार्वजनिक गरिने वताए । विगतका चुनावी घोषणापत्रमा कति काम गरेको र कति वाँकी छ भन्ने सहितको घोषणापत्र सार्वजनिक गरिने उनले बताए ।

पार्टी स्थापना दिवसमा सार्वजनिक गरिेन
वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस भब्य रुपमा मनाइने पनि उनले वताए । केन्द्रमा सोही दिन चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । केन्द्रमा केन्द्रीय तहमा र सम्वन्धित पालिकामा पनि सोही दिन पालिकास्तरका उम्मेदवारले आफनो चुनावी प्रतिबद्दता सोही दिन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोही दिन वरिष्ठ कम्युनिष्टहरुलाई सम्मान गर्ने पनि निर्णय गरेको छ । बैशाख ९ गते झापा विद्रोह, छिन्ताङ विद्रोह र पिस्कर विद्रोहमा सहभागी वरिष्ठ नेताहरुलाई उक्त दिन सम्मान गर्ने निर्णय पनि केन्द्रीय सचिवालयले गरेको छ ।

पार्टीको वार्षिक क्यालेन्डर पनि बनाउने पनि एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया