सोमबार, असोज १५, २०८०

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

मेरोन्यूज २०७८ चैत १ गते १७:५४

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।

६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदनमा अवरोध गरिरहेको थियो। भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसिसी पास भएको छ।

प्रतिक्रिया