सोमबार, असोज १५, २०८०

पाकिस्तानमा क्षेप्यास्त्र प्रहार भएको घटनाबारे अनुसन्धान गर्न भारतको आदेश

मेरोन्यूज २०७८ चैत १ गते १७:४३
फाइल तस्बिर

काठमाडौं । भारतले पाकिस्तानमा भुलवश एउटा क्षेप्यास्त्र प्रहार भएको घटनालाई ‘आफूले गम्भीरतापूर्वक’ लिएको भन्दै त्यसबारे उच्चस्तरीय तहमा छानबिन गर्न आदेश दिएको छ । उक्त घटना मार्च ९ मा भएको थियो तर भारतले त्यसलाई दुई दिनपछि स्वीकार गरेको थियो। उसले मर्मत-सम्भारका क्रममा भएको ‘प्राविधिक त्रुटि’का कारण सो घटना भएको बताउँदै आएको छ।

भारतका विदेशमन्त्री राजनाथ सिंहले मङ्गलवार संसद्‌मा बोल्दै उक्त घटनाप्रति खेद व्यक्त गरे। तर उक्त घटनामा कुनै मानवीय क्षति नभएकोमा उनले सन्तोष व्यक्त गरे । रक्षामन्त्री सिंहले भारतले आफ्नो अस्त्र प्रणालीको सुरक्षा र रक्षालाई सर्वोच्च प्राथमिकता दिने गरेको र कथित दुर्घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्र पत्ता लाग्ने बताए ।

भारत र पाकिस्तान दुवै परमाणुअस्त्रसम्पन्न राष्ट्र हुन् । पाकिस्तानको सेनाले ूतीव्र वेगको उडिरहेको वस्तुू आफ्नो देशको पूर्वी सहर मिआँ चान्नुनजिकै दुर्घटनाग्रस्त भएको जनाउँदै त्यसको उडानमार्गले यात्रुवाहक विमानहरूलाई जोखिममा पारेको बताएको थियो ।

उसले भारतको ‘असंवेदनशील र लापरबाहीपूर्ण’ व्यवहारको आलोचना गर्दै उक्त घटनाबारे वास्तविकता पत्ता लगाउन संयुक्त अनुसन्धान गर्नुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया