सोमबार, असोज १५, २०८०

बयान सकेर पल शाहलाई फेरि ल्याइयो दमौली

मेरोन्यूज २०७८ चैत १ गते १७:०४

काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ ।

जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए । पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए ।

तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ। पक्राउ परेका शाह विरुद्ध एक गायिकाले जबरजस्तीकरणीको जिल्ला प्रहरी कार्यालय दमौलीमा मुद्धा दर्ता गरेकी थिईन् । फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्‍याइएको थियो ।

प्रतिक्रिया