९० लाख चिठ्ठाको लोभमा लुटियो २९ लाख !
मेरोन्यूज
२०७८ चैत १ गते १५:३६

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएपमार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि रकम रकम तिर्नुपर्छ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले ९० लाख चिठ्ठा परेको भन्दै २९ लाख रुपैयाँ ठगेको आरोपमा भक्तपुरको ठिमी बस्ने काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ घर भएका ३८ वर्षीय गान्दीप गौतमलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गौतमले आफू विदेशी नागरिक डा.जोहान लोरेन्स भएको सामाजिक सञ्जाल वाट्सएपबाट बताएका थिए । उनले सामाजिक सञ्जालकै माध्यमबाट ‘९० लाखको चिठ्ठा परेको छ, सँगै सुनको सिक्री, दुई लाख पाउण्ड भएको सुटकेस समेतको पार्सल पठाएको छु’ भन्दै एकजनालाई म्यासेज पठाएका थिए ।
पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको अपराध महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया