सोमबार, असोज १५, २०८०

पुटिनलाई एलन मस्कको चुनौती : ‘सिंगल–सिंगल’ लडाइँ गर्न सहमत हुनुहुन्छ?

मेरोन्यूज २०७८ चैत १ गते १५:२६

वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई चुनौति दिएका छन् । युक्रेन–रुस युद्धको विषयमा ट्विट गर्दै राष्ट्रपति पुटिनलाई ‘सिंगल–सिंगल’ लडाइँ गर्न चुनौती दिएका हुन् ।

उनले सो ट्विट रुसी भाषामा लेखेका छन् र युक्रेनलाई दाउमा राख्ने समेत उल्लेख गरेका हुन् । यसपछिको अर्को ट्विटमा उनले पुटिनलाई ‘तपाईँ सहमत हुनुहुन्छ ?’ भनेर प्रश्न पनि गरेका छन् ।

उक्त ट्विटपछि रुसको आधिकारिक स्पेस एजेन्सी रोसकोसमोसका प्रमुखले कडा जवाफ दिँदै मस्कलाई रुसका एक अल्छी ओर्थोडक्स पुजारीसँग तुलना गरेका छन् ।

प्रतिक्रिया