काठमाडौंमा होली : १७ सय प्रहरी परिचालन, जबरजस्ती रङ दल्नेलाई मुद्दा
निगरानी राख्न सादा पोसाकका प्रहरी परिचालन हुने

काठमाडौं । प्रहरीले होली पर्वका लागि काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुने भएको छ । होलीको दिन हुने भिडभाड र कोलाहालका बिच हुने अवैध कार्य नियन्त्रणका लागि काठमाडौंको विभिन्न स्थानहरुको १७ सय प्रहरी परिचनालन गर्ने भएको हो ।
वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ । १७ सयबाहेक रिजर्भ फोर्ससमेत सुरक्षाका लागि परिचालन गरिने प्रहरीले बताएको छ ।
त्यस्तै होलीमा जबरजस्ती रङ दल्नेलाई मुद्दा चलाउने भएको छ । होली पर्वलाई अमर्यादिन ढंगबाट मनाउने वा जबरजस्ती अरुको अनुमतिविना रङ दल्ने वा लोला हान्नेलाई प्रहरीले अभद्र व्यवहारमाको मुद्धा चलाउने भएको हो । जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुने प्रहरीले जनाएको छ ।
होलीमा इच्छाविपरीतका कार्य भए प्रहरीले कानुनी कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
एसपी मैनालीले भने,‘पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ । र इच्छाविपरित रङ दल्नेलाई अभद्र व्यवहारको मुद्धा चलाइने छ ।’
प्रतिक्रिया