सोमबार, असोज १५, २०८०

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मेरोन्यूज २०७८ चैत १ गते ११:१७

झापा । जिल्लाको कमल गाउँपालिका ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने बससहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया