बिहीबार, चैत १५, २०८०

उपभोक्तामैत्री प्राविधिक विकास गर्दै भिभो

मेरोन्यूज २०७८ चैत १ गते १०:४३

काठमाडौँ । स्मार्टफोन कम्पनी भिभोले आफ्नो वार्षिक विकासकर्ता सम्मेलन (एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स)मा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको छ । प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्य सम्पादन, एप्लिकेसन, आइओटी र उद्योग अवसरमा कम्पनीले एक व्यापक इकोसिस्टमको रूपरेखा प्रदर्शन गरेको छ ।

‘सन् २०२१ भिभोका लागि आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भयो, किनकी हामीले आफूलाई गुणस्तरीय उत्पादनको सृजनाकर्ताबाट प्रविधि र हाम्रो डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनका निर्मातामा रूपान्तरण गरेका छौँ,’ कम्पनीका वरिष्ठ उपाध्यक्ष शि युजियानले भने, ‘हामी आशा गर्छौं कि हाम्रा प्रयोगकर्ताले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई माया गर्नेमा रूपान्तरण गर्ने छन्, र हाम्रा सन्तुष्टित प्रयोगकर्तालाई हामी उत्पादन एम्बेसेडरमा परिणत हुने आशा गर्छौं, जसले हाम्रा उत्पादन आफ्ना साथी र परिवारलाई प्रयोग गर्न सल्लाह दिनेछन्, हाम्रा उत्पादनमार्फत हामी एक उच्च पहिचान योग्य र अद्वितीय ब्रान्ड निर्माण गर्दैछौँ ।’

कम्पनीले आगामी दिनमा कम्प्युटिङ प्रदर्शन, मेमोरी व्यवस्थापन, अद्वितीय एन्टेना आरएफ डिजाइन र आईओटी इकोसिस्टममा जोड दिने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले विभिन्न संस्था तथा कम्पनीसँग सहकार्य गर्ने भएको छ ।

प्रतिक्रिया