सोमबार, असोज १५, २०८०

रुस–युक्रेन युद्ध : लत्ता कपडादेखि चिनीको मूल्यसमेत वृद्धि

मेरोन्यूज २०७८ चैत १ गते १०:२८

काठमाडौँ । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्वसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ । तर, युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ ।

युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस महंगी र अभावसँग जुधेका छन् । युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

रुस निर्यात हुने सामाग्रीमा प्रतिबन्ध हुँदा त्यसको मारमा रुसी सर्वसाधारण परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशले पुटिनले युद्धका बहाना गरेको बताउँदै आएका छन् ।

रुसमाथि पश्चिमा देशले वित्तीय दण्ड दिएका छन् । अन्तर्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीको दैनिकीमा असर परेको छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ । धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् ।

पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २.२ प्रतिशतले बढेको छ । मस्को र अन्य सहरका पसलले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

गत २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुबरीसम्म पाँच हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य ८ हजार रुबल पुगेको छ । त्यस्तै चिनीको मूल्य २० प्रतिशत बढेको छ ।

प्रतिक्रिया