मंगलबार, वैशाख ४, २०८१

अबको लडाईं सत्य र असत्यबीच हुने : केपी ओली (भिडियाेसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीच हुने बताएका छन् । मंगलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्य र असत्यबीच राजनीति हुन लागेको बताएका हुन् ।

उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको हुने बताए । उनले एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ, कहिले पाण्डव र कौरवका बीचमा हुन्छ, कहिले कृष्ण र कंशका रुपमा हुन्छ,’ उनले भने, ‘अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ, आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

प्रतिक्रिया