आइतबार, जेठ ६, २०८१

एक रुसी व्यवसायीले गरे पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार दिने घोषणा

मेरोन्यूज २०७८ फागुन २२ गते १८:००

मस्को । रुसी एक व्यवसायीले पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार स्वरुप दिने घोषणा गरेका छन् । रुसी नागरिक पूर्व ब्यांकर समेत रहेका एलेक्स कोनानिहिनले उक्त घोषणा गरेका हुन् ।

Advertisement

अन्तर्राष्ट्रिय कानुन अन्तर्गत अपराधिक युद्ध गराएको मामिलामा पुटिनलाई गिरफ्तार गरि संवैधानिक जिम्मेवारी निभाउने व्यक्तिलाई १० लाख डलर पुरस्कार स्वरुप दिने बताएका हुन् ।

‘पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन किनकी रुसी अपार्टमेन्ट भवन विस्फोट गरिएको विशेष अपरेसनको नतिज स्वरुप उनी राष्ट्रपति बनेका थिए । उनले त्यतिबेला नै स्वतन्त्र चुनाव हटाएर र आफ्नो विपक्षीहरुको हत्या गरेर कानुन उल्लंघन गरेका थिए । त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु । पुटिनको क्रुरताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु , उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बिजनेस इन्साइडरयसँग कुरा गर्दै उनले यदि पर्याप्त मानिसहरुले यस्तै किसिमको विरोध प्रयास जारी राख्ने हो भने पुटिन गिरफ्तार हुने र सबैले न्याय पाउने सम्भावना बढ्ने समेत बताएका थिए । फक्स न्युजबाट साभार

प्रतिक्रिया