आइतबार, जेठ ६, २०८१

युक्रेनबाट आएका नेपालीलाई आइसोलेनको व्यवस्था हुने

मेरोन्यूज २०७८ फागुन २२ गते १२:५१

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्रको गत १९ गते बसेको बैठकले कोरोना नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेको छ । केन्द्रले युक्रेनमा रहेका नेपालीले समेत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको वेवसाइटमा आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ ।

Advertisement

यस्तै, केन्द्रले नेपाल आउन चाहेका आफ्ना नागरिकको कोरोना परीक्षण (पीसीआर) नआएको अवस्थामा सम्बन्धित देशले दिएको कोरोना रिकभरी प्रमाणपत्रका आधारमा आउन दिने जनाएको छ । तर, उनीहरूले त्रिभुवन विमानस्थलमा बनाइएको छुट्टै स्वास्थ्य केन्द्रका अनुसार सुरक्षा मापदण्ड मान्नु पर्ने हुन्छ ।

युक्रनेबाट नेपाल आएका नागरिकको हकमा कोरोनासम्बन्धि कुनै प्रमाण पत्र नभए पनि नेपाल आइपुगेपछि एन्टिजेन परीक्षण गरी आइसोलेनमा पठाउने व्यवस्था गरिएको जनकारी दिएको छ ।

प्रतिक्रिया