आइतबार, जेठ ६, २०८१

युक्रेनबाट ५११ नेपाली बाहिरिए

मेरोन्यूज २०७८ फागुन २० गते ६:३५

काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए ।

Advertisement

उद्दार समितिका अनुसार हालसम्म ४०३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएकामध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया