आइतबार, जेठ ६, २०८१

एमसीसीविरुद्धको आन्दोलनमा गिरिराजमणिको ऐक्यवद्धता (पूर्णपाठसहित)

लेण्डुप दोर्जे होइन, भीमसेन थापा बनौं

मेरोन्यूज २०७८ फागुन १५ गते २०:५२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता गिरिराजमणि पोखरेले एमसीसीविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

एमसीसी राष्ट्रका लागि घातक रहेको भन्दै अनुमोदन गर्न नहुने अडानमा रहेका पोखरेलले १२ बुँदे एमसीसीको ब्याख्यात्मक घोषणा पनि एक पक्षीय भएकाले अर्थहिन भएको बताएका थिए ।

१२ बुँदे ब्याख्यात्मक घोषणाको जवाफ आएपछि मात्रै एमसीसी अनुमोदन अघि बढाउनुपर्ने पक्षमा रहेका पोखरेलले देशको अस्मितासँग खेलवाड नगर्न पनि आग्रह गरेका छन् ।

समय अभावका कारण पूरा सम्बोधन गर्न नपाएका पोखरेलले स्वाधिनता र सार्वभौमिकताको सौदाबाजी गरेर लेण्डुप दोर्जे नभई भीमसेना थापा बन्न पनि अपिल गरेका छन् ।

सम्बोधनको पूर्णपाठ

Advertisement

प्रतिक्रिया