आइतबार, जेठ ६, २०८१

अखिल (क्रान्तिकारी)को माग- युक्रेनबाट नागरिकको उद्धार गरियोस्

मेरोन्यूज २०७८ फागुन १४ गते ८:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्ध ग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गर्न माग राखेकी छन् । अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै युक्रेनमा नेपाली नागरिकमाथि सुरक्षा चुनौति बढेको भन्दै उद्धार गर्न माग राखेकी हुन् ।

Advertisement

उनले संकटमा परेका नागरिकलाई राज्यले सुरक्षित रहनुस् भन्दै सूचना निकाल्नु पर्याप्त नहुने बताएकी छन् । विज्ञप्तिमा लेखिएको छ, ‘कूटनीतिक पहल र आर्थिक लगायत प्रबन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौँ ।’

विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्तिलगायत चुनौती आइपर्दा जीउधनको रक्षा गर्नु राज्यको कर्तव्य भएको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया