शुक्रबार, चैत १६, २०८०

हरिवोल गजुरेललाई ७ प्रश्न

कांग्रेस र एमालेको गठबन्धन बन्दै बन्दैन, यही गठबन्धन जोगिन्छ

मेरोन्यूज २०७८ फागुन १३ गते १८:००

० माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नुभयो, एमसीसीमा के हो बैठकको निश्कर्ष ?
हाम्रो अडान कायमै छ । यथास्थिीमा एमसीसी पास गर्न सकिदैन । फेरि अर्काे सत्ता गठबन्धनलाई बचाउने कसरी ? यो गठबन्धन बनाएको संविधानको रक्षाका लागि, स्थाइत्वको लागि हो । फेरि गठबन्धन भत्केपछि भद्र्गोल नै हुन्छ । संघको पनि भद्रगोल, प्रदेशको पनि भद्र्गोल हुने हुन्छ । देश पूरै कित्तावन्दी र विभाजित हुने भयो । यसले राम्रो सन्देश दिँदैन । त्यसकारण यसो हुन नदिन र हाम्रो अडान कायम राख्न उपायहरु के हुन सक्छ भनेर सहमतिका बिन्दुहरु खोज्ने र अधिकतम प्रयास गर्ने भन्ने भएको छ ।

० तपाईहरु आफ्ने अडानमा रहने हो भने कांग्रेस र एमालेको नयाँ समिकरण बनेर एमसीसी पारित गर्ने दिशामा जाला नी ?

त्यसो गर्नु कांग्रेसको हितमा पनि छैन । किनभने अहिले चुनावको प्रतिद्धन्द्धी त कांग्रेर र एमाले हुन् । प्रतिद्धन्द्धीलाई अगाडी ल्याएर स्पेश दिएर त्यो कांग्रेसलाई पनि घाटा हुन्छ चुनावमा । हामी चुनावको मुखमा छौं ।

० सत्ता गठबन्धन पनि जोगिने, प्रधानमन्त्रीको चासो सम्वोधन पनि हुने र नयाँ समिकरण पनि बन्न नदिने, के हुनसक्छ त्यस्तो विकल्प ?

कांग्रेस र एमालेको त्यो गठबन्धन बन्दैन । अहिले यही गठबन्धन जोगाउनुपर्छ भन्ने पनि जनमत छ । एमसीसी यथास्थितीमा पारित गराउनु हुन्न भन्ने पनि जनमत छ । दुईटै जनमतको कदर गर्नुपरयो नी हामीले ।

Advertisement

० यो सैद्दान्तिक कुरा भए, तर त्यसो हुनका लागि विकल्प पनि चाहियो नी, के हुन् त त्यस्तो विकल्प ?

यही हुन्छ भन्ने छैन । छलफल हुँदै जाँदा केही न केही फेला पर्छ की भन्ने छ ।

० कांग्रेसले भनेजस्तो माघ १५ मा फेरि फर्कियो त्यसो भए माओवादी, उक्त दिन प्रचण्ड र माधव नेपालले कांग्रेस नेताहरुसाग संसद बैठकमा एमसीसीमा निर्णय लिने दिन विरोध गरेर दुई पार्टीले वहिष्कार गर्ने र एमसीसी पारित गर्न सघाउने भन्ने ? यही हो अवको विकल्प ?

झन वहिष्कार गर्ने भन्ने हुदैन । विपक्षमै मतदान गर्ने भन्ने हुन्छ । माओवादीका लागि भन त्यो घातक हुन्छ । घातक बाटोमा माओवादी जादैन । माओवादी संसदमै रहन्छ । विरोध गर्छ । विपक्षमा मतदान गर्छ ।

० त्यसो हुँदा त कसरी मान्लान् र प्रधानमन्त्रीले ? एमालेसाग सहकार्यतिर वढ्ला नी राजनीतिक कोर्स उहाँ (काग्रेस)हरुको ?

एमालेले सभामुखलाई कारवाहीको कुरा गरेका छन । सभामुखलाई के भनेर महाअभियोग लगाउने ? एमसीसी टेबल नै गर्न नदिएको भए एउटा कारण हुन्थ्यो होला । टेबल भइृसक्यो । सभामुखले रोक्नुभएको छैन । सभामुखलाई हटाउन महाअभियोग लगाउनु परयो । के भनेर लगाउने ? एमालेको त सभामुखले पक्षपात गरेका छन् भन्ने आरोप छदैछ । तर काग्रेसले के भन्ने ? सभामुख हटाउने र १४ जना सांसदलाई हटाउने शर्तमा कांग्रेस जादा त झन एमसीसी पास गर्न काग्रेसले दुनियाँ गरयो भन्ने सन्देश जादैन र भन्या ? त्यसले त झन काग्रेसलाई नै घाटा पुग्छ । काग्रेसले त्यसो गदैन ।

तपाईहरुको प्रस्ताव अनुसार पनि प्रधानमन्त्री कसरी मान्छन् र ?

उहाँहरुलाई पनि समस्या छ । हामीलाई मात्रै समस्या परेको होइन । संसदको कार्यकाल पुरा गर्ने, स्थाइत्व दिन्छौं, पूर्ण कार्यकाल हामी चलाउँछौं भनेर विघटन गरिसकेको संसद फेरि सर्वाेच्चले ब्यूताईदिएको हो । फेरि अस्थिरता हुने हो भने ओलीले भनेको ठिक रहेछ भन्ने सन्देश जान्छ । ओली त त्यही गराउन चाहान्छन नै । त्यही पुष्टि हुदैन । ओलीले चुनावमा महिले त पहिल्यै यो संसदले केही गर्न सक्दैन, अव चुनावमा जाऔं भनेर विघटन गरेको थिए, आखिर त्यही गरे होइन त ? मेरो कुरा प्रमाणित भयो, पुष्टि भयो होइन भन्दै एमाले चुनावमा जान्छ । त्यसले घाटा कसलाई ? त्यसकारण त्यसो हुन नदिन पनि अहिलेको सत्ता गठबन्धन जोगाउने गरी नै कांग्रेसलाई जानु फाइदाजनक छ ।

(गजुरेल नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता हुन् । केन्द्रीय कार्यालयको बैठकपछि गजुरेलसँग गरिएको संक्षिप्त कुराकानी )

प्रतिक्रिया