आइतबार, जेठ ६, २०८१

युक्रेनमा रहेका ३८ जना नेपाली एनआरएनएको सम्पर्कमा आए

मेरोन्यूज २०७८ फागुन १२ गते १६:३०

काठमाडौं । युक्रेनमा रहेका ३८ जना नेपाली गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युक्रेनको सम्पर्कमा आएका जनाएको छ ।

Advertisement

परिषदका अध्यक्ष हरि मल्ल एक विज्ञप्ति जारी गदै युक्रेनमा पछिल्लो समय विकशित घटनाक्रमबीच सम्पर्कमा आएका सबै सकुसल रहेका जानकारी दिएका छन् ।

उनले भने ,‘युक्रेनमा ४४ जना विद्यार्थीहरु र टान्जिटमा २०० जभन्दा बढी रहेको जानकारी प्राप्त भएको छ ।’
उनले युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफुहरु सुरक्षित रहन र त्यहाँको घटनाक्रम मुल्याङका गरी आवश्यक परे स्वदेश फर्कन संघ आग्रह गरे ।
लामो तनावका बीच रुसले बिहीबार बिहानै युक्रेनमाथि मिसाइल हमला गरेको छ । हमलामा कम्तिमा नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया