शुक्रबार, वैशाख ७, २०८१

गठबन्धन टुटाउने षड्यन्त्र भयोः प्रचण्ड (भिडियोसहित)

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधवार नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको प्रचण्डको भनाइ छ ।

उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहीँ सत्य नभएको स्पष्ट गरे ।

प्रतिक्रिया