आइतबार, जेठ ६, २०८१

किन टिक्दैनन् राष्ट्रिय दलित आयोगमा सचिव ?

बर्ष दिनमा ७ सचिव फेरिए, तीन महिनापनि टिक्दैनन सचिव, हाजिर नै नगरी केही सचिव फेरि अन्यत्रै सरुवा

मेरोन्यूज २०७८ माघ २९ गते १५:०५

काठमाडौं । सम्वैधानिक आयोगको रुपमा रहेको राष्ट्रिय दलित आयोगमा एक वर्षमै ७ जना सचिव फेरिएका छन् । पटक पटक आयोगमा सचिव फेरिँदा आयोगको काम नै प्रभावित बन्न पुगेको छ ।

Advertisement

गत वर्षको माघ २१ गते आयोमा नयाँ पदाधिकारी आाएका थिए । नयाँ पदाधिकारी आएपछि मात्रै पनि आयोगमा ७ जना सचिव फेरिएका छन् ।

आयोगमा अहिले देवराज विश्वकर्मा अध्यक्ष छन् । उनी आयोगको अध्यक्ष नियुक्त भएर आउँदा आयोगमा कृष्णप्रसाद धिताल सहससचिव थिए । त्यसपछि उनी आयोगको सचिव भएका थिए । तर नयाँ पदाधिकारी आएको करिव ३ महिना नपुग्दै उनको कृषि मन्त्रालयमा सरुवा भयो ।

त्यसपछि आयोगमा गत बैशाखमा सहसचिव नवराज ढुंगाना सचिव भएर आएका थिए । उनी पनि धेरै महिना आयोगमा टिक्न सकेनन । उनी पनि ५ महिनामै सरुवा भए ।
ढुंगाना गत भदौंमा अर्थ मन्त्रालय रोजेर हिँडे । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयमा उनी सरुवा भए ।

त्यसपछि दलित आयोगमा गत भदौमा मदन भुजेलको सचिवको रुपमा सरुवा भएर आईपुगे । सरकारले भुजेललाई दलित आयोगमा सरुवा गरेपनि उनी दुई महिनासम्म आयोगमा हाजिर हुनै पुगेनन । त्यतिन्जेल आयोगको बैठकले उपसचिव मनिता श्रेष्ठलाई निमित्त सचिव बनाएर काम चलायो । भुजेल आयोगमा हाजिर नै नभई अन्त सरुवा भए । आयोगका पदाधिकारीले उनको अनुहार समेत देख्न पाएनन् ।

त्यसपछि फेरि सरकारले गत कात्तिकमा विश्वप्रकाश अर्याल आयोगको सचिवका रुपमा सरुवा भएर पुगे ।

उनी पनि आयोगमा एक महिना पनि टिकेनन । उनले पनि लगत्तै सरुवा रोजिहाले । गत मंसिरमा अर्याल पनि सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे ।

त्यसपछि बिरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहसचिव प्रदिपकुमार निरौलालाई आयोगको सचिवका रुपमा नियुक्ति दिएर सरकारले पठायो ।

तर उनले सचिवको नियुक्ति पाएको १४ दिनमै अर्थात मंसिर २८ गते उमेर हदका कारण उनको अनिवार्य अवकाश भयो ।

मंसिर २९ गतेबाट फेरी आयोगको सचिव पद रिक्त भयो ।

त्यसपछि पुसमा मात्रै सहसचिवमा नियुक्त भएका निराजन घिमिरे सचिव भएर पुसमा आयोगमा पुगे ।

घिमिरे पनि दुइ महिना आयोगमा टिकेनन । उनले पनि त्यसपछि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय रोजे । उनको सरुवा भयो । यसै पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शिवराम गेलाललाई आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

अहिले आयोगको सचिवको जिम्मेवारीमा रहेका अर्यालको सरुवा भएको पाँच दिन भयो । तर आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई सचिव सरुवा भएको जानकारी छैन ।

किन टिक्दैनन सचिव ?

राष्टिय दलित आयोगमा सचिव टिक्नै छोडे । वर्ष दिनमा ७ जना सम्म सचिव सरुवा आयोगमा भएको छ । अधिकाशं सचिवहरु अन्यत्रै जान रुची राख्ने गरेका कारण मात्रै आयोगमा सचिव टिक्न नसकेका हुन् ।

अधिकांश सचिवलाई थन्काउनका लागि मात्रै सरकारले आयोग पठाउने गरेको कारण पनि यो समस्या दोहोरिरहेको छ । आयोगमा साधन स्रोतको कमी भएका कारण पनि अधिकांश सचिव बस्न मान्ने गरेका छैनन् ।

कतिपय सहसचिवलाई कारवाही गर्ने ठाउँका रुपमा दलित आयोगमा सचिवको जिम्मेवारी दिने गरिएको छ । अधिकांश सहसचिव आउन नै चाहँदैननन् । आएको व्यक्ति पनि मन लगाएर काम गर्दैनन् । गरिहाले पनि सरुवाका लागि पहल गरिहेका हुन्छन् ।

प्रतिक्रिया