बिहीबार, वैशाख १३, २०८१

एसईई वैशाख ९ देखि

मेरोन्यूज २०७८ माघ २६ गते १७:५२

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।


राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।
वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

परीक्षाको समयतालिका भने भोलि गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।


यसअघि ३० वैशाखमा स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको हो ।

प्रतिक्रिया