शनिबार, वैशाख ८, २०८१

मन्त्री रेग्मीको भृकुटीमण्डप क्षेत्रमा अनुगमन (भिडियो)

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् ।

भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन् ।

त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन् । मन्त्री रेग्मीले सञ्चारकर्मीहरुमाझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन् ।

अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले बताइन् ।

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अब सोझैं समाज कल्याण परिषदले भाडा सम्झौंता गर्ने व्यवस्था गर्न लागिएको बताइन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटकपटक आग्रह गरिन् ।

प्रतिक्रिया