आइतबार, जेठ ६, २०८१

आज तपाईंको दिन कस्तो ? के भन्छ राशीफल

मेरोन्यूज २०७८ माघ १८ गते ६:५९

आज १८ माघ २०७८, मंगलबार, तदनुसार १ फेब्रुवरी १ । माघकृष्णपक्ष अमावस्या औशी, श्रवण नक्षत्र, सिद्धि योग, चन्द्रमा मकर राशिमा छ ।

Advertisement

मेष
मेष राशि भएका जातका लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । व्यापारव्यवसायबाट पनि अर्थ लाभ हुनेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष
आजको दिन अध्ययन अनुसन्धानमा रुची र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन तपाईँको आम्दानीको स्रोत बढ्ने छ ।

मिथुन
मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ छ । व्यापारव्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँले गर्ने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट
आज तपाईँले आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा ससाना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।

सिंह
सिंह राशिका जातकले आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ ।

तुला
आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।

वृश्चिक
व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु
तपाईंलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारमा सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ ।

मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।

कुम्भ
तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्यजीवनमा खुसियाली छाउनेछ ।

मीन
बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

प्रतिक्रिया