शनिबार, जेठ ५, २०८१

कांग्रेस नेताले भने– आगामी निर्वाचनसम्म नै गठबन्धन

मेरोन्यूज २०७८ माघ १६ गते १८:०९

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता दीपक खड्काले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले नेपाली कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई निर्वाचनमा सँगै लिएर जाने सोच बनाएको बताए । उनले संविधान र ऐनका बिचमा धेरै कुराहरु मिलाउनुपर्ने भएपनि निर्वाचनको मुखमा धेरै चलाउने नहुने धारणा व्यक्त गरे ।

नेता खड्काले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले संसदलाई सुचारु गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।

Advertisement

प्रतिक्रिया