शनिबार, जेठ ५, २०८१

राष्ट्रिय जनमोर्चा औपचारिक रुपमै विभाजित

मेरोन्यूज २०७८ माघ १६ गते १७:३३

काठमाडौं । केही समयदेखि पार्टी अन्तरसंघर्षमा रुमलिएको राष्ट्रिय जनमोर्चा औपचारिक रुपमै विभाजित भएको छ ।
सरकारमा जाने विषयमा विवाद चर्किदै गएपछि अन्ततः पार्टी विभाजित भएको हो ।

राष्ट्रिय जनमोर्चाको तेश्रो राष्ट्रिय सम्मेलनमा भाग लिएका १७ जना प्रतिनिधिहरुले वर्तमान परिस्थितिमा पार्टी सरकारमा जान नहुने मत राखेपछि ती सबैलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।

असन्तुष्ट समूहले विशेष राष्ट्रिय भेला गरी पार्टी विभाजन गरेका हुन् । विभाजित जनमोर्चाको अध्यक्ष नवलपरासीका कृष्ण पौडेल रहेका छन् ।
शनिवार सम्पन्न भएको राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाले पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ने.क.पा.(मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपालीले उदघाटन गरेको भेलाको सञ्चालन लालबहादुर जाग्रीले गरेका थिए ।
भेलाले पौडेलको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

यस्तो छ केन्द्रीय समन्वय समिति

अध्यक्ष– कृष्ण पौडेल
उपाध्यक्ष– चिन्तामणी पौडेल (काठमाडौ), सूर्या थापा (काठमाडौ) र सुरेन्द्र भण्डारी (मोरङ),
महासचिव– लालबहादुर जाग्री (डडेलधुरा)
सचिव– गौरीलाल कार्की (जुम्ला),
कोषाध्यक्ष– ओमबहादुर केसी (दाङ),
सदस्यहरुः बालकृष्ण सुवेदी (सुनसरी), नरबहादुर थापा (रुपन्देही), मनिराम सापकोटा (रुपन्देही), लक्ष्मी न्यौपाने (रुपन्देही), उद्धव ऐर (डडेलधुरा), धनबहादुर बोहरा (डडेलधुरा), कर्ण थापा (बारा), दीपक चौधरी (बारा), रामबाबु साह (बारा), गुणनिधि आचार्य (बाँके), नारायण सापकोटा (बाग्लुङ), श्रीप्रसाद थापा (बाग्लुङ), रामबहादुर जीएम (दाङ), गोपाल नेपाली (दाङ), सिराम बुढाथोकी (दाङ), राजेन्द्र नेपाली (अर्घाखाँची), राधा खतिवडा ढकाल (मोरङ), रामहरि धिताल (मकवानपुर), राजिमसुर राई (भोजपुर), सन्तोष राई (झापा), लेखनाथ शर्मा (नवलपुर), धनपति ज्ञवाली (नवलपुर), शोभादेवी सापकोटा (नवलपुर), खगेश्वर शर्मा (पर्सा), तपसी चौधरी (पर्सा), मनु वि.क. (प्युठान), जितामित्र सुनार (प्युठान), वीरबहादुर पुन (प्युठान), तारा पौडेल (चितवन), लक्ष्मी रिजाल (कैलाली), सुशील शाही (कालीकोट), लालबहादुर राना (स्याङ्जा), विक्रम थापा (कास्की), नरेश झुकाल (कन्चनपुर), धर्मदेव पन्त (कन्चनपुर), हिमलाल वाग्ले (कपिलबस्तु) र कमल खड्का (कपिलबस्तु) ।

विशेष राष्ट्रिय भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव विदुर शर्मा, अखिल नेपाल महिला संघको तर्फबाट मनु वि.क. र अन्य सबै जनवर्गीय संगठनहरुको तर्फबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देववहादुर लामिछानेले शुभकामना दिएका थिए ।

Advertisement

ट्रेड युनियन अन्टुकका निबर्तमान अध्यक्ष नारायण सापकोटाले भेलामा स्वागत गरेका थिए भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत संगित प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया