आइतबार, जेठ ६, २०८१

कोरोना अपडेट

देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण

मेरोन्यूज २०७८ माघ १६ गते १६:३५

काठमाडौं । नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पछिल्लो समय कोरोना परीक्षण दर घटेसँगै संक्रमितको संख्या पनि घटेको हो । १३ हजार १ सय ४५ को परीक्षण गर्दा सो संख्या संक्रमण पुष्टी भएको थियो । देशभर ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण र ३ हजार २ सय ३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोनामुक्त भएका छन् ।

कोरोना संक्रमणबाट विभिन्न अवधिमा सेनाले ब्यवथापन गरेकोसहित ३२ जनाको मृत्यु भएको छ । वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको तथा बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।

आजसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४० लाख १५ हजार ३२४ जनाले पूर्ण मात्रा खोप लगाईसकेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया