शनिबार, जेठ ५, २०८१

संघीय संसद किन निरन्तर स्थगित हुँदैछ ?

प्रतिनिधिसभा माघ २६ सम्म र राष्ट्रियसभा अनिश्चितकालसम्म स्थगित

मेरोन्यूज २०७८ माघ १६ गते १४:३९

काठमाडौं । संघीय संसदका दुवै सदन लगातार स्थगित हुँदै आएका छन् । आज आइतबारका लागि बोलाइएको प्रतिनिधीसभा माघ २६ सम्मलाई स्थगित गरिएको छ । भोलिका लागि बोलाईएको राष्ट्रिय सभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

Advertisement

केभिड संक्रमणका कारण बैठक स्थगित गरिएको आन्तरिक सूचना जारी गरिएपनि यसभित्रको अन्तर्य भने अर्के रहेको संघीय संसदका कर्मचारीहरुले बताएका छन् ।

राजधानी काठमाडौंमै रंगशालाभित्र ७ हजार हाराहारी मान्छेको उपस्थितीमा फुटवल खेलाईरहँदा कानुन निर्माणको मुख्य थलो संसद भने लगातार किन स्थगित भईरहेको छ भनी प्रश्न पनि उठेको छ । प्रमुख प्रतिपक्षी एमालेले माधव नेपाल लगायतका सांसदहरुमाथी एमालेले गरेको कारवाही सदर गर्नुपर्ने या सभामुखले मार्गप्रसस्त गर्नुपर्ने अडान लिएर निरन्तर संसदमा नारावाजी गर्ने र अवरोध पु¥याउने काम गदै आएको थियो ।

त्र पनि सत्ता पक्षले आफुलाई आवश्यक प्रस्ताव भने अवरोधकै वीच पनि पारित गदै आएकै हो । पछिल्लो पटक संसद भने लामो समय देखि मिति तोकिने तर नबस्ने नियती दोहोरिरहेको छ ।

प्रतिनिधीसभा अव माघ २६ गतेका लागि सारिएको छ । भोलि सोमबारका लागि बोलाईएको राष्ट्रिय सभा भने अनिश्चितकालका लागि स्थगित गरिएको छ । सदन स्थगित भएपछि कार्यब्यवस्था परामर्श समितिको बैठक समेत पनि स्थगित गरिएको छ ।

कोभिडका कारण वैठक स्थगित गरेर पछि सार्नुपरेको बताइएपनि सत्ता गठवन्धनले स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न सरकारलाई समय आवश्यक परेपछि संसदका बैठक सारिएको वताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी जुटाएपछि आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक माघ २६ सम्म र सोमबार तोकिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगन गरेको हो ।

गत पुस ६ गतेदेखि सुरु भएको संसदको प्रतिनिधीसभा बैठक त्यसपछि पुस ८ गते बसेको थियो । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको लागि पुस १८ गतेसम्म स्थगित गरिएको बैठक २२ गते बोलाइएको थियो । तर २२ गते नेकपा एमालेले आफनो पार्टीको जिल्ला अधिवेशन रहेकोले सार्न आग्रह गरेपछि बैठक स्थगित भएको थियो ।

स्थगित बैठक पुस २८ गते बोलाइएको थियो । तर त्यसबेला पनि बस्न सकेन । २८ गते कोरोना महामारीले स्थगित बैठक माघ ३ गते बोलाइएको थियो । तर कोरोना संक्रमण बढेपछि १६ गतेको लागि बैठक सारिएको थियो । आजका लागि बोलाईएको बैठक अव माघ २६ मा सारिएको छ ।
राष्टिय सभा भने अनिश्चितकालका लागि स्थगित भएको संसदका महासचिव भरतराज गौतमले विज्ञेप्ती जारी गरेर जनाएका छन् ।

सरकार र प्रतिपक्ष वीच संसद अवरोध खुलाउने विषयमा कुनै सहमति एकातिर जुटेको छैन भने अर्काेतिर सरकारले पनि संसदलाई नियमित रुपमा खुलाउने तिर कुनै चासो देखाएको छैन । जसकाकारण संसद निरन्तर प्रभावित वन्न थालेको छ ।

राष्ट्रिय सभा बैठक पनि पटक पटक मिति तोकिने र विशेष कारण देखाउँदै स्थगित गर्ने गरिँदै आएको छ ।

भोलि बोलाईएको बैठक अनिश्चितकाल सार्दा पनि विशेषकारणले बैठक स्थगित गरिएको जनाइएको छ । ‘मिति २०७८ साल माघ १७ गतेत सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संघीय संसद् का महासचिव भरतराज गौतमद्दारा जारी सूचनामा भनिएको छ ।

यसअघि माघ ३ गतेको बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने भएपछि स्थगित गरिएको थियो ।

प्रतिनिधीसभा बैठक सारिएको सूचना

राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगितको सूचना

प्रतिक्रिया