आइतबार, जेठ ६, २०८१

सेती अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ माघ १६ गते १३:१०

कैलाली । कैलालीको सेती अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला र एक पुरुष रहेका छन् ।

Advertisement

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यस्तै, उनका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो ।

दुवै जनाको शनिबारदेखि अस्पतालको आइसीयूमा उपचाररत थिए ।

प्रतिक्रिया