शनिबार, जेठ ५, २०८१

वैद्य माओवादीले माघ २१ मा देशभर विरोध प्रर्दशन गर्ने

मेरोन्यूज २०७८ माघ १६ गते १२:०१

काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सरकार विवादास्पद एमसीसी परियोजना थोपर्ने धृष्टतामा लागेको र लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज भारतले अतिक्रमण गर्दा समेत सरकार प्रतिवादमा उत्रन नसकेको भन्दै क्रान्तिकारी माओवादीले माघ २१ म देशब्यापी विरोध प्रर्दशन आयोजना गर्न लागेको महासचिव मोहन वैद्य किरणले जानकारी दिए ।

Advertisement


वैधले देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई गंभीरतापूर्वक आत्मसात गदै माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गरेको जनाएका छन् ।


शनिबार पार्टीको स्थायी समिति बैठक बसेर यससम्वन्धी निर्णय लिएको बैठकपछि वैद्यले आइतबार जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।


‘देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गंभीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ,’ वैद्यले जारी गरेको विज्ञेप्तीमा भनिएको छ,–‘गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गंभीर चिन्ताको विषय हो । ’

प्रतिक्रिया