आइतबार, जेठ ६, २०८१

ब्राजिलमा दैनिक संक्रमितको संख्या साढे दुई लाख बढी

मेरोन्यूज २०७८ माघ १६ गते १०:२०

काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।

Advertisement

योसँगै ब्राजिलमा अहिलेसम्म कूल संक्रमितहरूको संख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

मन्त्रालयका अनुसार कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म ६ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोनाका कारण धेरै मृत्यु भएका देशहरूमध्ये ब्राजिल दोस्रो क्रम संख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ ।

प्रतिक्रिया