आइतबार, जेठ ६, २०८१

काभ्रेमा माघ २१ सम्म सबै सेवा स्थगन

मेरोन्यूज २०७८ माघ १६ गते ९:१९

काठमाडौँ । कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ । प्रशासनले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै माघ २१ गतेसम्म अत्यावश्यक सेवाबाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ ।

Advertisement

यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो । यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ ।

पालिकाले सूचना जारी गर्दै वडा नं १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मंगलबार समय तोकिएको छ भने वडा नं ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिए ।

सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको थियो ।

प्रतिक्रिया