आइतबार, जेठ ६, २०८१

काठमाडौंमा १८२० जना कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७८ माघ १५ गते १८:१४

काठमाडौं । काठमाडौं उपत्यका शनिवार १ हजार ८ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाको तीन वटै जिल्लमा गरिएको परीक्षणमा १ हजार ८ सय २० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४०४ जना, ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९२४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया