शनिबार, जेठ ५, २०८१

प्रचण्ड र माधव नेपालबीच भेट वार्ता

मेरोन्यूज २०७८ माघ १५ गते ९:०३

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँग भेट वार्ता गरेका छन् । प्रचण्ड सत्ता साझेदारी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

Advertisement

शनिबार बिहान नेपाल निवासमा पुगेका प्रचण्डले स्थानीय निर्वाचनको बारेमा छलफल गरेका हुन् । स्थानीय चुनावका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठकको पूर्वसन्ध्यामा दुई पार्टीका अध्यक्षबीच भेट वार्ता भएको हो ।

दुई अध्यक्षको भेटपछि प्रचण्ड सत्ता गठबन्धन दलको बैठकका लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा सहभागी हुन उनी बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया