शनिबार, जेठ ५, २०८१

आज सत्ता गठबन्धनको बैठक बस्दै

मेरोन्यूज २०७८ माघ १५ गते ७:४१
फाइल फोटो

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रीत भएको छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक–पटक राय दिँदा सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

Advertisement

पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक आज शनिबार बस्दै छ । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एक रूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृह कार्यमा गठबन्धन छ ।

यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् ।

प्रतिक्रिया