शनिबार, जेठ ५, २०८१

संसदीय सुनुवाईसम्बन्धि पुस्तिका प्रकाशित गरिने

मेरोन्यूज २०७८ माघ १४ गते १८:४१

काठमाडौं । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ ।

Advertisement

समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।

समितिको काम प्रभावकारी बनाउने गरी त्यस सम्बन्धि विगतका कामहरुको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सभापति कर्णले संसदीय सुनुवाई समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताए ।

संसदीय सुनुवाई समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया