शनिबार, जेठ ५, २०८१

गृहमन्त्री खाँणलाई बेलायती राजदूत पोलिटले भेटिन्

मेरोन्यूज २०७८ माघ १४ गते १८:११

Advertisement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शुक्रबार शिष्टाचार भेट गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरे ।

त्यस्तै, गृहमन्त्री खाणले लैंगिक र्हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको कामको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, गृहमन्त्री खाणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंशायोग्य रहेको बताएका थिए ।

त्यस्तै, गृहमन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकहरूको सेवा सुविधाका लागि उठेका मागहरूको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरेका थिए ।

भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताइन् ।

त्यस्तै, राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्वोधन गर्न आफूले पहल गर्ने बताइन् । भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया