शनिबार, जेठ ५, २०८१

कांग्रेस बैठक

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

१३ पदाधिकारीसहित ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति

मेरोन्यूज २०७८ माघ १४ गते १५:५७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव केन्द्रीय समितिको बैठकले सर्वसम्मतरूपमा पारित भएको हो ।

कांग्रेस विधानमा पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था गरको छ तर कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता मनोनयन गरेको छैन ।

Advertisement

त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । ४६ मध्ये सभापति देउवाले ३७ जनालाई समेटेका छन् भने ९ जनालाई पछि मनोनयन गरिनेछ ।

केन्द्रीय कार्यसम्पादन समिति नामावली यस्तो छ
१. शेरबहादुर देउवा – सभापति
२. रामचन्द्र पौडेल – वरिष्ठ नेता
३. पूर्णबहादुर खड्का – उपसभापति
४. धनराज गुरुङ – उपसभापति
५. विश्वप्रकाश शर्मा- महामन्त्री
६. गगन थापा -महामन्त्री
७. भीष्मराज आङदाम्बे – सहमहामन्त्री
८. फरमुल्लाह मन्सुर – सहमहामन्त्री
९. उमाकान्त चौधरी सहमहामन्त्री
१०. महेन्द्र यादव – सहमहामन्त्री
११. बद्री पाण्डे – सहमहामन्त्री
१२. महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
१३. किशोरसिंह राठौंर – सहमहामन्त्री
१४. जीवन परियार- सहमहामन्त्री
१५. गोपालमान श्रेष्ठ
१६. प्रकाशमान सिंह
१७. विमलेन्द्र निधि
१८. विजयकुमार गच्छदार
१९. डा.शेखर कोइराला
२०. कृष्णप्रसाद सिटौला
२१. डा.शशांक कोइराला
२२. अर्जुननरसिंह केसी
२३. चित्रलेखा यादव
२४. डा.रामशरण महत
२५. डा.प्रकाशशरण महत
२६. सुनिलबहादुर थापा
२७. बलबहादुर केसी
२८. बालकृष्ण खाण
२९. ज्ञानेन्द्रबहादुर कार्की
३०. उमा रेग्मी
३१. डा.नारायण खड्का
३२. जीपछिरिङ लामा
३३.एनपी साउद
३४.जीवनबहादुर शाही
३५.सुजाता कोइराला
३६. आनन्दप्रसाद ढुंगाना
३७. रमेश रिजाल

प्रतिक्रिया