शनिबार, जेठ ५, २०८१

प्रचण्डलाई भेटेपछि बल्ल शुरु भयो कांग्रेसको बैठक

मेरोन्यूज २०७८ माघ १४ गते १५:३२

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बल्ल कांग्रेस बैठक शुरु भएको हो ।

शुक्रबार दिउँसो तीन बजेपछि भर्चुअल माध्यमबाट बैठक सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।

यस्तै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट नै भर्चुअल रुपमा बैठकमा जोडिएका छन् ।

सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छ ।

Advertisement

३१ सदस्य प्रस्ताव गर्नुपर्नेमा शुक्रबार सभापति देउवाले केही पछि थप्ने गरी कार्यसम्पादन समिति सदस्यको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले जानकारी दिए ।

प्रतिक्रिया