सोमबार, वैशाख २४, २०८१

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

मेरोन्यूज २०७८ माघ १४ गते १५:२४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्य (बेलायत) को राजदूत नियुत्तः गरेकी छन् ।

Advertisement

संसदीय सुनुवाइ सकिएपछि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया