सोमबार, वैशाख २४, २०८१

भारतमा एकैदिन १ लाख ५१ हजार २०९ लाई कोभिड संक्रमण

मेरोन्यूज २०७८ माघ १४ गते १५:००

काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणको बाढी आएको भारतमा शुक्रबार एकैदिन १ लाख ५१ हजार २०९ जनालाई संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप १ लाख ५१ हजार २०९ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ प्रतिशत रहेको छ भने भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण भएका ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ ।

भारतमा अहिले २१ लाख ५ हजार ६११ जना सक्रिय सङ्क्रमित रहेको अध्यावधिक गरिएको छ ।
कोरोना सुरु भएयता अहिलेसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जना कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया