शनिबार, जेठ ५, २०८१

‘कोरोना संक्रमण भएर आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड हो’

मेरोन्यूज २०७८ माघ १४ गते १२:२५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका छन्।

Advertisement

कोरोना देखिएका मुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।

शर्माले सामाजिक सञ्जालमा शर्मालेअध्यक्ष ओलीको नाम नलिई कांग्रेस महामन्त्री शर्माले त्यसतर्फ संकेत गर्दै कोरोना संक्रमण पुष्टिपछि आइसोलेसन बस्नु हरेकको जिम्मेवारी रहेको बताएका हुन् ।

‘संक्रमण पुस्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो ,यहि ‘ज्ञान’ र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया