शनिबार, जेठ ५, २०८१

१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले पूर्ण खोप लगाए : प्रधानमन्त्री

मेरोन्यूज २०७८ माघ १४ गते १०:५३


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले काृभिड विरुद्दको पूर्णमात्रामा खोप लगाएको बताएका छन् । उनले ७१ प्रतिशत नागरिकले एक मात्रा खोप लगाएको जानकारी दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई घन्यवाद दिने क्रममा प्रधानमन्त्रीले त्यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सबै मिलेर चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने प्रक्रियामा सहयोगको आह्वानसमेत गरेका छन् ।

Advertisement

सरकारले ५ वर्ष माथी ११ वर्ष सम्मका उमेर समुहलाई पनि दुई महिनाभित्र कोरोना विरुद्धको फाइज खोप उपलब्ध गराउने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया