शनिबार, जेठ ५, २०८१

अमेरिकी राष्ट्रपतिको युक्रेनका राष्ट्रपतिलाई ढाडस : अमेरिका सधैभरी युक्रेनसँगै छ

मेरोन्यूज २०७८ माघ १४ गते ६:२६

Advertisement

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनका राष्ट्रपतिलाई ढाडस दिएका छन् । रसियासँगको विवादमा अमेरिका सधैभरी युक्रेनसँगै रहने भन्दै अमेरिकी राष्ट्रपतिले युक्रेनप्रति सदभाव देखाएका हुन् ।


युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीलाई टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोराएका हुन् ।

युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् ।

जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएका थिए ।

सो अवसरमा बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए ।

वार्तामा रसियाको दबाबबीच युक्रेनलाई थप आर्थिक सहयोग प्रदान गर्ने विषयमा वासिंगटनले अध्ययन गरिरहेको बाइडेनले बताएका थिए ।

सो अवसरमा युक्रेन तनाब बढिरहेका बेला त्यहाँबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन अमेरिकाले गरेको आह्वानको युक्रेनका राष्ट्रपतिले आलोचना गरेका थिए । त्यसको जबाफमा बाइडेनले अमेरिकी दूतावास खुला रहने र पूर्ण रुपमा काम गर्ने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया