शनिबार, जेठ ५, २०८१

एमालेले भन्यो-अन्तर्घातीमाथि कारबाही हुन्छ

मेरोन्यूज २०७८ माघ १३ गते २०:४०

काठमाडौं । नेकपा एमाले पार्टीका उम्मेदवारलाई मतदान नगर्नेमाथी कारवाही गर्ने जनाएको छ । राष्ट्रिय सभाका १९ पदका लागि वुधबार भएको निर्वाचनका क्रममा प्रदेश १ मा आफ्नै पार्टीका उम्मेदवारलाई मतदान नगरी अन्तरघात भएको देखिएपछि एमालेको प्रदेश १ कमिटिले त्यस्तो जनाएको हो ।

Advertisement

अन्र्तघातीहरु माथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने एमालेले जनाएको छ ।

प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको उल्लेख गरिएको छ ।

ुपार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ । पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छु न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार सम्पन्न निर्वाचनमा प्रदेश एकबाट एमालेका उमेद्वार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने अर्का उम्मेदवार गुरु बराल पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुई सांसदको मत नपाउँदा पराजित भएको बताइएको छ ।

शेर्पालाई बधाई दिँदै विज्ञप्तिमा पाँच दलीय गठबन्धनविरुद्धको जीतमा सहयोग गर्नेहरुमा शुभकामना दिइएको छ ।

प्रतिक्रिया